| सोमवार, साउन २४, २०८३

पर्यटन क्षेत्रलाई लयमा फर्काउन पाँच वर्ष लाग्ने

कोभिड–१९ का कारण क्षतिग्रस्त पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्।

कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको सेजन अर्थनीति बहस अन्तर्गत पर्यटनको सम्भावना विषयक भिडियो कन्फेरेन्समा उनीहरुले यस्तो धारणा राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्