| शनिबार, बैशाख २५, २०८३

बुंकोटका स्थानियले चन्दा संकलन गरेर मन्दिर बनाए

शहिद लखन गाउँपालिका ८ बुंकोटमा स्थानियले चन्दा संकलन गरेरै सन्तानेश्वर महादेव मन्दिर निर्माण गरेका छन् । ४५ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको हो । जसमा गाउँपालिकाले दश लाख रुपैयाँ उपलब्ध गराएको थियो भने थप ३५ लाख रुपैयाँ चन्दा सकंलन गरेर जुटाएको वडाअध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए ।
मन्दिरको एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गरे । उनले सो क्षेत्रमा धार्मीक पर्यटन प्रबद्र्धनका लागि सहयोग गर्ने आश्वासन दिएका छन् ।
१७ महिनाअघिबाट चन्दा संकलन शुरु गरि मन्दिर निर्माण थालिएको थियो । सो क्षेत्रलाई अझै ब्यबस्थित बनाएर धार्मिक पर्यटकिय स्थलका रुपमा रुपान्तरण गर्ने योजना रहेको वडा अध्यक्ष अम्गाईले जानकारी दिए ।
वडाअध्यक्ष अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री थापा, जिल्ला समन्वय समितिकी उप प्रमुख जनुका अधिकारी , गाउँपालिका अध्यक्ष रमेश थापा, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका वडा नं ११ का अध्यक्ष रामबहादुर खड्का, पर्यटन ब्यबसायी नवराज अम्गाई, मन्दिर निर्माण अर्थ संकलन संयोजक उत्तरकुमार श्रेष्ठ, चन्दा संकलनका अभियान्ता बासुदेव ढकाल, अमृत बाबु श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्