| शनिबार, बैशाख २५, २०८३

सौरपानीको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउन महापुराण

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ सौरपानीको पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानिय युवाहरु जुटेका छन् । पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न अर्थ संकलन गर्ने उदेश्यले गोनेशक्ति युवा क्लबले बराह महापुराण आयोजना गरेको छ ।
बुधबारबाट शुरु भएको महापुराणको गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरे । कार्यक्रम उद्घाटन गर्दै उनले सो क्षेत्रको पर्यटकिय विकासका लागी ५१ हजार एक सय १० रुपैयाँ सहयोग गरेका छन् । धर्म, संस्कृति जगेर्ना तथा पर्यटन प्रबद्र्धनका लागी युवाहरु सक्रिय भएकोमा उनले खुसी ब्यक्त गरे । सुकेको पोखरीमा पानीको ब्यबस्थापन गर्न उनले स्थानियलाई सुझाव दिएका छन् ।
कुल प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर गुरुङ, नेपाली कांग्रेसका दिनेश खनखवास, लक्ष्मण न्यौपाने, रेशम ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । ११ गतेसम्म चल्ने महापुराणमा पण्डित रत्न सुवेदीले कथा वाचन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्