| बुधबार, असार ९, २०८३

‘सिर्दिवास गाउँ चिनारी’ को भिडियो छायाङ्कन सकियो

‘सिर्दिवास गाउँ चिनारी’ को भिडियो छायाङ्कन सकियो (गितको अडियो सहित)

दरौँदी ः हिमालयन युवा क्लब सिर्दिवासले चुमनुब्रि गाउँपालिका र वडापालिकाको सहकार्यमा सिर्दिवास गाउँ चिनारी गितको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ । क्लवले गत मङ्लबार उक्त गितको भिडियो छायाङ्कन समाप्त गरेको हो ।
सिर्दिवासी हजुर मान्छे नै जाती, कसैलाई नि हजुर नसोँच्ने नजातीू बोलको अडियो चुमनुब्रि गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरूङले सार्वजनिक गर्दै भिडियो छायाङ्कनको सुरु गरी छायाङ्कन सुरु गरिएको थियो ।

सिर्दिवास गाउँ चिनारी गीति भिडियाे छायाङ्कन समाप्त हिमालयन युवा क्लब सिर्दिवासकाे संयाेजन तथा वडापालिका र चुमनुब्रि गाउँपालिकाकाे सहकार्यमा सिर्दिवास गाउँ चिनारी म्युजिक भिडियाेकाे छायाङ्कन कार्य यही जेठ २२ गते सकिएकाे छ ।

“सिर्दिवासी हजुर मान्छे नै जाती, कसैलाई नि हजुर नसाेँच्ने नजाती” बाेलकाे अडियाे चुमनुब्रि गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरूङले सार्वजनिक गर्दै भिडियाे छायाङ्कनकाे समेत शुभारम्भ गरेका थिए । स्थानिय बुद्द मावि प्राङ्गणमा भएकाे कार्यक्रममा साेही गाउँपालिका उपाध्यक्ष कुमारी गुरूङ, वडा अध्यक्षहरू वीर बहादुर लामा, पेमा रितार लामा, पेमा डुन्डुप लामा, साेनाम ज्ञाल्जेन लामा, राम कुमार गुरूङ र लाेप्साङ लामाकाे समेत उपस्थिति रहेकाे थियाे । साबिक सिर्दिवास गा.वि.स.काे पहिचान र पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यले उक्त भिडियाे निर्माण गर्न लागिएकाे कुरा हिमालयन युवा क्लवका अध्यक्ष प्रशान्त गुरूङ(सुमन) ले बताए।

सिर्दिवासका प्रसिद्द धार्मिक बाैद्द गुम्वाहरू, लेकहरू, भालुखाेला झरना, पाङसिङ, फिलिम, जगत, सल्लेरी, नाचेत , घट्टेखाेला , पाती दाेयल अादि गाउँहरूमा भिडियाेकाे छायांकन गरिएकाे छ । उक्त भिडियाेमा चर्चित गुरूङ फिल्म नायिका तथा माेडल उर्मिला गुरूङले अभिनय गरेका छन् भने समूह नृत्य स्थानिय हिमालयन युवा क्लवका सांस्कृतिक विभागका रहेका छन् । यश भिडियाेलाई वीरबल घलेले निर्देशन गरेका हुन् भने काेरियाेग्राफी मनाङ गुरूङकाे रहेकाे छ । त्यसैगरी पुष्कर थापा मगरले खिचेकाे यश भिडियाे असारकाे पहिलाे साता बजारमा ल्याउने तर्खरमा रहेकाे छ । प्राकृतिक सुन्दर दृश्यहरू र गाउँहरू समेटिएकाे हुँदा गाउँ चिनारी भिडियाेहरूमा याे भिडियाे निकै राम्राे हुने अाशा गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्