
गोरखामा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यू
गोरखामा सवारी दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यू भएको छ । बिहीबार मध्यान्न साढेँ १२ बजे सिरानचोक गाउँपालिका ७ अर्कुलमा भएको सवारी दुर्घटनामा पालुङटार नगरपालिका–१ खोप्लाङका अनिल श्रेष्ठको मृत्यू भएको प्रहरीले जनाएको छ ।
बाह्रकिलोबाट बारपाकतर्फ कोक र पानी बोकेर जाँदै गरेको ग १ ख ६३८९ नं. को मालबाहक मिनीट्रकले बिपरीत दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०३५ प ०९८६ नंबरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइचालक २९ वर्षका श्रेष्ठको घटनास्थलमै मृत्यू भएको प्रहरीको भनाइ छ ।
मिनीट्रकको अगाडिको टायरले किचेको अबस्थामा भेटिएका उनलाई उद्धार गरी प्रदेश अस्पताल गोरखा पठाइएको थियो । अस्पताल ल्याइपु¥याउँदा उनको मृत्यु भैसकेको मेडिकल सुपरिटेण्डेन्ट शम्भु अधिकारीले बताउए । मिनीट्रक चालक गोरखा नगरपालिका १ ताप्लेका ३१ वर्षका दिलिप भट्ट पक्राउ परेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।




