हिमालय मावि सौरपानीको नया“ भवन बन्ने
दरौंदी ः गोरखा वेलफेयर टूस्ट नेपालले सौरपानीको हिमालय माविमा आठकोठे भवन बनाउने भएको छ । विद्यालयमा बुधवार आयोजित कार्यक्रममा टूस्ट र विद्यालयका प्रतिनिधी बीच भवन निर्माण सम्बन्धी सम्झौता भएको छ । एक करोड ७९ लाख २१ हजार रुपैयाँको लागतमा ६ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
विद्यालयले १० प्रतिशत श्रमदान गर्नुपर्ने पनि भनिएको छ । एरिया वेलफेयर सेन्टर गोरखाका श्रीप्रसाद तामाङ, टूस्टका इन्जिनियर थलबहादुर राना र विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुजन गुरुङ र प्रधानाध्यापक ठाकुरप्रसाद पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाले गतबर्ष सोही विद्यालयमा दुई करोड ९२ लाख रुपैयाँको लागतमा बाह्रकोठे भवन र सौचालय बनाएको थियो । त्यही भवनमा अहिले पठनपाठन सञ्चालन भैरहेको ढकालले जानकारी दिए ।




