| बुधबार, अशोज २७, २०८३

गोनपाका दुई विद्यालयमा सात दिने रोबोटिक्स कार्यशाला

गोरखा नगरपालिकाका दुई सामुदायिक विद्यालयमा सात दिने रोबोटिक्स कार्यशाला सम्पन्न भएको छ । गोरखा नगरपालिका–७ डण्डीडाँडाको नवज्योती मावि र वडा नं ८ आहालेको सरस्वती माविमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कल्स ओवर रिजेज नेपालको आर्थिक तथा रोबोआरम्भको प्राविधिक सहयोग र सम्बन्धित विद्यालयहरूको साझेदारीमा कार्यक्रम आयोजना गरिएको थियो । यही असोज १८ देखि २४ गतेसम्म दुवै विद्यालयमा रोबोटिक्स कार्यशाला कार्यक्रम संचालन भएको कल्स ओवर रिजेज नेपालका परियोजना व्यवस्थापक राजेश श्रेष्ठले बताए ।

कार्यशाला अवधिभर विद्यार्थीहरूले हासिल गरेका ज्ञान, सीप र निर्माण गरेका रोबोटका नमुनाहरूको आइतबार विद्यालय परिसरमा आयोजित एक समारोहका बीच प्रदर्शनी समेत गरिएको उनले जानकारी दिए । कार्यशालामा विद्यार्थीहरुलाई रोबोट निर्माण तथा सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान सिकाइएको उनले बताएका छन् । रोबोट निर्माण तथा सञ्चालन सम्बन्धी व्यावहारिक ज्ञान विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

‘कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक सोच, सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र प्रविधिको प्रयोगात्मक ज्ञान बढाउन महत्तवपूर्ण योगदान पु¥याएको छ’, उनले भने । श्रेष्ठका अनुसार रोबोटिक्स कार्यक्रमको दोस्रो र तेस्रो सत्र अनलाइन मार्फत छिटै सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्