शहिद लखनका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिकाले नाम्जुङ र मनकामना स्रोत केन्द्रस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ । गाउँपालिकाको शिक्षा शाखाको संयोजनमा आइतबार र सोमबार कार्यक्रम भएको हो । नाम्जुङमा भएको कार्यक्रममा स्रोतकेन्द्र अन्तरगतका २२ र मनकामनामा भएको कार्यक्रममा स्रोतकेन्द्रस्तरका २६ विद्यालयका प्रधानाध्यापक को सहभागिता थियो । कार्यक्रममा संघीय सरकार र स्थानिय सरकारबाट शिक्षाका लागि प्राप्त बजेट तथा कार्यक्रमका बारेमा जानकारी दिईएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परियारले जानकारी दिए । सो गाउँपालिकाले चालु आर्थिक बर्ष शिक्षा क्षेत्रमा एक करोड १५ लाख रुपैया छुट्टाएको छ भने संघीय सरकारबाट शिक्षकको तलब सहित १२ करोड ९३ लाख ५८ हजार रुपैयाको बजेट प्राप्त भएको छ ।




