| सोमवार, कार्तिक २३, २०८३

मनकामना बहिरा माविको बार्षिकोत्सव सम्पन्न

दरौंदी ः मनकामना बहिरा आवासीय माध्यमिक विद्यालयको २० औं वार्षिकोत्सव समारोह बिहिबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख राजन पन्तले शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
शिक्षकहरु तिलककुमारी थापा, सम्झना रेग्मी, अञ्जना आले, शंकर रम्तेल, अस्मिता श्रेष्ठ, सुमित्रा अर्याल र वृहस्पति गिरीलाई सम्मान गरिएको प्रधानाध्यापक अनील अम्गाईले जानकारी दिए ।
त्यस्तै कर्मचारीहरु खिलकुमारी भट्ट, श्यामहरि घिमिरे र निरेश गुरुङलाई सम्मान गरिएको उनले बताए ।
साथै कमानसिँह राना र वुद्धिबहादुर कुँबरलाई पनि सम्मान गरिएको प्रअ अम्गाईले बताए ।
समारोहमा प्रमुख अतिथि मेयर पन्त, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खेमराज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामप्रसाद आचार्य, स्थानीय शिक्षा अधिकारी सुवास आचार्य, स्रोतव्यक्ति ध्रुवराज अर्याल, शिक्षक महासंघका जिल्ला अध्यक्ष ध्रुवकुमार भट्ट, सल्लाहकार
रामबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्