एशिया फाउण्डेशनद्वारा १५ विद्यालयलाई पुस्तक
दरौंदी ः एसीया फाउण्डेसनले जिल्लाका १५ विद्यालयको पुस्तकालयकालागि पुस्तक उपलब्ध गराएको छ । गोरखा र पालुङटार नगरपालिकाका १५ विद्यालयका लागी सस्थांले पुस्तक उपलब्ध गराएको हो । नेप्लीज एसोसीएसन अफ स्कुल लाईब्रेरी यनको आयोजना मा जिल्लाको विभिन्न विद्यालयका लाईब्रेरी यनहरुका लागी आयोजित प्रशिक्षण कार्यक्रमको समापनमा पुस्तक उपलब्ध गराएको गेहेन्द्रराज विष्टले जानकारी दिए । कार्यक्रम मा मन्तब्य राख्दै गोरखा नगरपालिकाका मेयर राजन पन्त र पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले नगरक्षेत्रका विद्यालयमा पुस्तकालय स्थापना गर्न सघाउने बताए । नेप्लीज एसोसीएसन अफ स्कुल लाईब्रेरीयनका केन्द्रिय अध्यक्ष शारदा पाण्डे शीवाकोटी र एसीउन फाउण्डेसनका समीरा श्रेष्ठले विद्यालयका लाई ब्रेरीयन हरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा पालुङटार नगरपालिकाका ९, गोरखा नगरपालिकाका १२ र सिरानचोक गाउँपालिकाका १ विद्यालयका लाईब्रेरीयनको सह भागीता थियो ।




