| शुक्रबार, चैत्र १६, २०८०

प्राध्यापकले छात्राका गोप्य अङ्गलाई खरबुजासँग दाँजेपछि..

काठमाडौं, १९ चैत– भारतका एक प्राध्यापकले आफ्ना छात्रालाई अशोभनीय टिप्पणी गरेका छन् । उनको टिप्पणीपछि विद्यार्थी क्रुद्ध बनेका छन् ।

दक्षिणी भारतीय राज्य केरलाका प्राध्यापकले छात्राको स्तनलाई खरबुजासँग दाँजेका हुन् । उनले यसरी दाँजेपछि सो राज्यका विद्यार्थी आक्रोशित बनेका छन् । प्राध्यापकको टिप्पणीपछि केही विद्यार्थीले खरबुजाको टुक्रा बोकेरै सडकमा प्रदर्शन गरेका छन् ।

केही छात्राहरूले समाजिक सञ्जालमा आफ्ना टपलेस तस्विरसमेत पोस्ट गरेका छन् ।

प्राध्यापकले अश्लील टिप्पणी गरेको भिडियो इन्टरनेटमा राखिएको थियो । उत्तर केरलाको कोजहिकोडी सशरको फारुक तालिम कलेजका प्राध्यापक जोउहार मुनाभभिर टीले व्यक्त गरेका धारणाको रेकर्ड अंशलाई सामाजिक सञ्जालमा व्यापक सेयर गरिएको छ ।

प्राध्यापकले छात्राहरूले टाउकोमा स्कार्प बेरे पनि पुरुषलाई आकर्षित गर्न स्तन एक्सपोज गरेको बताएका थिए । ‘फल कत्तिको पाकेको छ भनेर खरबुजालाई चिरा पारेजस्तै छात्राहरुले आफ्ना स्तनलाई प्रदर्शन गर्दछन्,’ उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्