| शनिबार, कार्तिक २, २०७६

सामुदायिक विद्यालयमा पनि निजीकै जस्तै शुल्क

विद्यालय पुनर्निर्माणमा भारतीय अनुदान ‘निल्नु न ओकल्नु’  गोरखाका १० विद्यालय अलपत्र

काठमाडौँ  :    प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानलागेकै बेला निराशाजनक समाचार छ । भारतले बनाइदिने भनेर सहीछाप गरेको विद्यालय पुनर्निर्माण कार्य शुरु नै नहुँदा भूकम्प प्रभावित जिल्लाका विद्यार्थीको पढाइ टहरोमुनी छ ।

भारतले जिम्मा लिएर पनि कुनै काम अघि बढाएको छैन । भूकम्पका कारण क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि भारतले जनाएको प्रतिवद्धता लामो समय बितिसक्दासमेत कार्यान्वयन हुन सकेको छैन । प्रतिवद्धता जनाउने तर कार्यान्वयन नगरी ओगटिरहँदा भूकम्पप्रभावित विद्यालयलाई भारतीय अनुदान ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि दाता सम्मेलनलगत्तै भारतले अनुदान सम्झौता गरेको थियो ।

विद्यालय पुनर्निर्माणका लागि करिब पाँच अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) को अनुदान सम्झौता गरिएको थियो । नेपाललाई दिने भनेर प्रतिवद्धता जनाइएको कुल २५ अर्ब रुपैयाँ (२५० मिलियन अमेरिकी डलर) भित्रैबाट शिक्षा क्षेत्रका लागि उक्त अनुदान दिने सम्झौता गरिएको थियो ।

तर, अझैसम्म अनुदान प्रक्रिया सुरु नहुँदा लाभग्राही विद्यालय अस्थायी टहरामा पठनपाठन गर्न बाध्य भएका छन् ।

भारतीय अनुदानअन्तर्गत २०७३ सालमा नै पुनर्निर्माणका लागि विद्यालय पहिचान भइसकेको थियो । त्यसको एक वर्ष पछाडि गत साउनमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा विद्यालय पुनर्निर्माणसम्वन्धी द्विपक्षीय सम्झौता गरिएको अनलाईन खबरमा खबर छ ।

प्रतिवद्धता र सम्झौता भएअनुसार भूकम्पबाट अतिप्रभावित जिल्लाका ७० वटा विद्यालय भारतीय अनुदानको पर्खाइमा छन् ।

जसमा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ र गोरखाका १०/१० वटा विद्यालय छन् । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र पाटनको राष्ट्रिय पुस्तकालयको पुनर्निर्माण पनि सम्झौतामा समावेश गरिएको थियो ।

परामर्शदाता टुंगो लागेन

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय तह आयोजना कार्यान्वयन एकाइ (सीएलपीआईयू) मार्फत विद्यालय पुनर्निर्माणको सम्झौता कार्यान्वयन गर्ने उल्लेख थियो ।

प्रतिवद्धता कार्यान्वयनका लागि नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सबै काम भइसकेको छ ।

विद्यालय पुनर्निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण पनि भारत सरकारले नै उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । तर, हालसम्म पनि उसले परामर्शदातासमेत उपलब्ध गराएको छैन ।

खासगरी दातृ निकाय र विभिन्न मुलुकले बनाइदिने प्रतिवद्धता जनाएका र ठूला आयोजनामा ढिलाइ हुनु स्वभाविक भए पनि विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा त्यसले लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ

पुनर्निर्माण प्राधिकरणले भने विद्यालय पुनर्निर्माणका लागि भारतले परामर्शदाता नियुक्त गरेको जानकारी गराइएको बताएको छ । एडसील नामक उक्त परामर्शदाता गत मार्चसम्म नेपाल आइसक्नुपर्ने भएपनि हालसम्म आइनसकेको प्राधिकरण बताउँछ ।

परामर्शदाताले विद्यालयपिच्छे डिजाइन दिएपछि त्यसका आधारमा ठेक्का लगाउने र काम सम्पन्न भइसकेपछि भारतीय अनुदानबाट शोधभर्ना लिने गरी नेपाल सरकारले नै त्यसको भुक्तानी गर्ने व्यवस्था छ । अहिले परामर्शदाताकै कारण भारतीय अनुदानअन्तर्गत बन्ने विद्यालयको पुनर्निर्माणमा केही ढिला भएको प्राधिकरण स्रोतले जनाएको छ ।

भारतीय पक्षले ढिलाइ गरेपछि सरकार नै त्यसका लागि तातेको छ । लामो समय बितिसक्दासमेत परामर्शदाता नआएपछि केही समय पहिले सीएलपीआईयूले नै १२ वटा विद्यालयको डीपीआर पुनर्निर्माण प्राधिकरण हुँदै भारतीय दूतावासमा पठाएको छ ।

यद्यपि, सम्झौताअनुसार यो काम भारतीय सरकारकै हो । खासगरी दातृ निकाय र विभिन्न मुलुकले बनाइदिने प्रतिवद्धता जनाएका र ठूला आयोजनामा ढिलाइ हुनु स्वभाविक भए पनि विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा त्यसले लाखौं विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

१२ वैशाख २०७२ को भूकम्पबाट झण्डै साढे सात हजार विद्यालय क्षतिग्रस्त भएका थिए ।

विभिन्न मुलुक, दातृ निकाय, गैरसरकारी संघसंस्थाको सहयोगमा सरकारले विद्यालय पुनर्निर्माण अघि बढाउँदै आएको छ ।

भूकम्पबाट क्षतिग्रस्तमध्ये हालसम्म तीन हजार एक सय ५७ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणले बताएको छ । त्यस्तै, दुई हजार ३५ विद्यालयका निर्माणाधीन छन् । यसरी समग्रमा पुनर्निर्माण गर्नुपर्नेमध्ये हालसम्म बनिसकेका र निर्माणको क्रममा रहेका विद्यालयले करिब ६९ प्रतिशत हिस्सा ओगटेको दावी प्राधिकरणको छ ।

यी हुन् भारतले बनाउने भनेर सम्झौता गरेका स्कूलहरु

गोरखा

कृष्णज्योती मावि, गाखु
सूर्योदय मावि, गुम्दा
मन्जुश्री मावि, काशीगाउँ
अमरज्योती जनता उच्च मावि, पालुङटार
रत्नलक्ष्मी मावि, दुम्रीडाँडा
तारा उच्च मावि, चेपेटार
महालक्ष्मी उच्च मावि, लक्ष्मी बजार
हिमालय उच्च मावि, वारपाक
बुद्ध मावि, सिर्दिवास

रामेछाप

जनजागृती उच्च मावि, बेताली
जट्टेश्वरी उच्च मावि, चुचुरे
त्रिपुरेश्वर उच्च मावि, दुरागाउँ
पशुपति उच्च मावि, हिलेदेवी
निलकण्ठेश्वर उच्च मावि,कठजोर
कृष्ण उच्च मावि, खाँडादेवी
कृष्णपुरी उच्च मावि, खनियापानी
अन्तर्राष्ट्रिय युवा मावि, लखनपुर
जनकल्याण मावि, ओख्रेनी
सरस्वती मावि, चनखु

दोलखा

भिम उच्च मावि, भिमेश्वर
कालिन्चोक उच्च मावि,भिमेश्वर
क्षेत्रवती उच्च मावि, क्षेत्रपा
कालापानी मावि,जफे
मानेडाँडा उच्च मावि,झ्याकु
शान्ति आदर्श उच्च मावि, लादुक
दुर्गा उच्च मावि, मागापौवा
गुप्तेश्वर मावि, मालु
कालिढुंगा उच्च मावि, मिर्गे
कालिङ उच्च मावि, सुनखानी

सिन्धुपाल्चोक

रामा मावि, अत्तरपुर
सिपातिन्धारा संस्कृति उच्च मावि, बाडेगाउँ
ऐसलुखर्क उच्च मावि, बाडेगाउँ
क्षेमादेवी उच्च मावि, बारबिसे
चण्डेश्वरी उच्च मावि, भोटसिपा
सरस्वती उच्च मावि, भोटेचौर
महेन्द्र कान्ति उच्च मावि, कालिका
जनसहयोग मावि, लिसंखु
सरस्वती मावि, राम्चे
ठोकर्पा मावि, ठोकर्पा

काभ्रेपलान्चोक

आजाद उच्च मावि, देवभुमी बालुवा
आजाद उच्च मावि, बनेपा
भैरव मावि, गोकुले
कानपुर उच्च मावि, कानपुर
भगवती उच्च मावि, खरेलथोक
जनहित मावि, मिल्चे
खाँडादेवी उच्च मावि, नाग्रे गगर्चे
शारदा उच्च मावि, पनौति
डुंगेश्वर मावि, पाँचखाल
लक्ष्मी नारायण उच्च मावि, शिखरआम्बोटे

नुवाकोट

कालिका मावि, चाउथे
कमारुदेवी उच्च मावि, दुईपिपल
सरस्वती मावि, खाउँखर्क
शंखदेवी उच्च मावि, गोरस्याङ
गणेश उच्च मावि, कालिका हल्दे
पन्चलिंगे मावि, काउले
ऐसेलुभूमे उच्च मावि, काउले
नारायणदेवी उच्च मावि, ककनी
पन्चकन्या भुमे प्रावि, सुनखानी
मिलटार मावि, तारुका

धादिङ

सल्यानकोट उच्च मावि, अग्निचोक
सुवास उच्च मावि, चैनपुर
ब्रिचेट उच्च मावि, खनियाबास
बराह कालिका उच्च मावि,ढोला
महेन्द्रोदय मावि, मुलपानी
त्रिपुरासुन्दरी उच्च मावि, सल्यानकोट
महाकाली मावि, कुम्पुर
ठूलोचौर मावि, मैदी
मिन्दुका मावि, नलाङ
रानीपौवा उच्च मावि, सल्यानटार

 

प्रतिक्रिया दिनुहोस्