
मतगणना आजै बेलुकीदेखि हुने
पालिका चुनाव अन्तर्गत मतदान कार्य सकिएपछि आज शुक्रवार बेलुकादेखिनै मतगणना सुरु हुने आयोगले जनाएको छ। आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ।
मतदान सकिएपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मतगणना सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।
देशभर सात सय ५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार नौ ५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।




