| सोमवार, कार्तिक २३, २०८३

Mohan narayan

गोरखालीले सम्झिए मोहननारायणलाई

दरौँदी ः बिहीबार एक कार्यक्रम गरी गोरखा जिल्लाको शैक्षिक धरोहरको रुपमा परिचित मोहननारायण श्रेष्ठलाई गोरखालीहरुले सम्झिएका छन । मोहननारायण स्मृती प्रतिष्ठानले श्रेष्ठको दोस्रो स्मृती सभा कार्यक्रम गरी उनले गरेको जिल्लाको शैक्षिक क्षेत्रको विकास र परिकल्पनालाई सम्झिएको हो ।
प्रतिष्ठानका अध्यक्ष गोवर्धन आचार्यको अध्यक्षतामा भएको दोस्रो स्मृती कार्यक्रममा प्रमुख अतिथि खुल्ला विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.लेखनाथ शर्मा, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रतिष्ठानका उपाध्यक्ष शितलकाजी मास्के, दिलीप देवकोटा, पवनरमण खनाल, राजेन्द्र अर्याल, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले मोहन नारायण श्रेष्ठले जिल्लामा गरेको शैक्षिक लगानीको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्नेहरुले मोहन नारायण श्रेष्ठले परिकल्पना गरेको जिल्लाको शैक्षिक विकासलाई मात्र अबलम्बन गर्न सके गोरखा जिल्लाको शैक्षिक उन्नती धेरै हुुुने बताएका थिए । प्रतिष्ठानले मोहननारायण श्रेष्ठले लामो समयसम्म अध्यापन गराएको जिल्लाको विद्यालयका ४ जना विद्यार्थीहरुलाई समेत छात्रबृत्ति प्रदान गरेको छ । प्रतिष्ठानले द्रब्यशाह बहुमुखी क्याम्पसका दुई र शक्ति मावि पाटेचौरका दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्