
सडक र बजारमा चहलपहल बढ्यो, यस्तो बेला यी कुरामा ध्यान दिनुहोस्
कोरोनाको जोखिम बढेपछि ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ । कोरोनाको जोखिम कम नभए पनि जनजीवन र आर्थिक गतिबिधि सामान्य बनाउन भन्दै सरकारले बजार, पसल, सार्वजनिक गाडी खुलाएको हो ।
विद्यालय, मनोरञ्जनस्थल, धार्मिक र सांस्कृतिक गतिबिधि, भोजभतेर र जमघटबाहेक धेरै क्षेत्र खुला भएका छन् । यसबाट संक्रमण झनै बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने भएको छ । निषेधाज्ञा गर्नुअघिको अवस्था भन्दा अहिले कोरोना संक्रमण दोब्बर बढेको छ ।
सकेसम्म घर बाहिर ननिस्कने , अनिवार्य मास्क लगाउने
दूरी कायम गर्ने , जहाँ पायो त्यही नछुने, नथुक्ने
कार्यालय र घर प्रवेश अघि र पछि हात धुने , सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालना गर्ने
कार्यालयमा बस्दा टेबुल कुर्सी सफा गर्ने, शौचालय डिस्इन्फेक्सन गर्ने
कामबाट फर्किएपछि नुहाएर मात्र बस्ने, कोठामा बस्दा झ्याल खोल्ने
घरमा बुढाबुढीलाई बचाउने , बिरामीको हेरचाहमा सावधानी अपनाउने
कोरोना संक्रमणको दर दैनिक बढिरहेको अवस्थामा दैनिकी पहिलेजस्तै भयो भनेर हेलचेक्राईँ गर्नु व्यक्ति स्वयमसँगै उसको परिवार, छिमेकी र आफन्तको लागि घातक भएकाले व्यक्ति आफैं सचेत हुनुपर्छ ।




