| सोमवार, कार्तिक २३, २०८३

शैक्षिक सत्र खेर जान दिँदैनौं : शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिक सत्र खेर जान नदिने बताएका छन् ।

बुधबार सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रिया मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाएका हुन् ।

पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्यांकन र परीक्षाको अभिन्न अंग बनाउने बताएका छन्। उनले  वैकल्पिक सिकाइका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्