| बिहिबार, बैशाख ६, २०८१

भूकम्पले ध्वस्त नाम्जुङको विद्यालय विदेशीले गरे पुनर्निर्माण

गोरखा : २०७२ बैशाख १२ को भूकम्पले गोरखाका चारसय ४९ वटा विद्यालय भवन ध्वस्त भए । ती मध्ये केही विद्यालयहरु पुननिर्माण भइसके भने केही निर्माणाधिन छन् । भूकम्पले ध्वस्त विद्यालयहरु केही नेपाल सरकारकै सहयोगमा बनेका छन् भने केही दातृ निकायहरुको सहयोगमा बनेका छन् । यस्तै विदेशी दातृनिकायको सहयोगमा बनेको सहिद लखन गाउँपालिका ९ रामभञ्ज्याङस्थित भीमसेन आधारभूत विद्यालयको भवनको मंगलबार स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ । २०३३ सालमा स्थापना भएको उक्त विद्यालय भुकम्पले ध्वस्त पारेपछि जर्मनीको बाल सहायता संघ र एक्सन लिटल प्रिन्सको आर्थिक सहयोगमा पुननिर्माण गरिएको हो ।
मंगलबार विद्यालयमा एक कार्यक्रम गरी नेपालका लागि जर्मनीका महावाणिज्यदुत डा. रामप्रताप थापा, जर्मनीको वाल सहायता संघकी अध्यक्ष हाइकी कुन्जे, एक्सन लिटल प्रिन्सको उपाध्यक्ष क्लाउस स्मिल लगायत आठजनाको टोलीले गाउँपालिका प्रमुख रमेश थापा मगरलाई हस्तान्तरण गरेका हुन् । ‘हामीले गोरखा र धादिङको दुई वटा विद्यालयको जिम्मा लिएका थियौँ’ महावाणिज्यदुत थापाले भने ‘एक÷एक करोडको लागतमा आठ÷आठ कक्षा कोठा निर्माण गरेर स्थानीयलाई हस्तान्तरण ग¥यौँ । हामीले विद्यालयको भवन मात्र बनाएनौँ । विद्यालयमा फर्निचर, इ–लाईब्रेरी, खानेपानी तथा शौचालयको सुविधा पनि पु¥याएका छौँ ।’ यस अघि चैत १२ गते धादिङको थाक्रे गाउँपालिका वडा नं ३ भूमेस्थानको महाकाली देवीस्थान आधारभूत विद्यालय भवन पनि स्थानीयलाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए । एक्सन लिटल प्रिन्स तथा बाल सहायता संघले भूकम्पछि स्थानीय गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पोशाक, शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।
विद्यालय हस्तान्तरण कार्यक्रममा आएको जर्मनीको उक्त टोलीले चितवनको सौराहास्थित नेपाल प्रकृती संघको कार्यालय हाताभित्र स्थापना भएको वन्यजन्तु संग्रहालयको पनि अवलोकन गर्नेछ । झण्डै २० वर्षअघि जर्मन नेपालमैत्री संघको आर्थिक सहयोगमा निर्माण गरिएको सो संग्रहालयमा अहिले नयाँ एक कोठाको पनि निर्माण गर्ने तयारी को लागि त्यहाँ जाने बताईएको छ । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लगायतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्