
गोरखामा पनि २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाईयो
भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको भुकम्प सुरक्षा दिबस मुल समारोह समितिको आयोजनामा सदरमुकाममा कार्यक्रम भएको हो ।
बिहान प्रभातफेरीपछि जिल्ला समन्वय समितिको हलमा कार्यक्रम भएको थियो । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला आयोजना कार्यन्वयन ईकाई (भवन) कि प्रमुख सुनिता श्रेष्ठले भुकम्पपछि हाल सम्म निजी आवास अनुदान, विद्यालय पुन निर्माण, स्वास्थ्य चौकी, सरकारी कार्यालयको प्रगतीको बारेमा जानकारी गराएकि थिईन । शसस्त्र प्रहरीले भुकम्पबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधि, भुकम्पपछिको पुन निर्माणमा काम गर्दै आएका गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।




