| शनिबार, बैशाख ८, २०८१

शिक्षा दिवसमा पालुङ्टारमा विद्यालयलाई पुरस्कार, गोरखामा शैक्षिक सामग्री प्रदर्शनी

४० औं राष्टिूय शिक्षा दिवस तथा अन्तर्राष्टिूय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘हामी सबैको प्रण(सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ राष्टिूय शिक्षा दिवस तथा ५३ औं अन्तर्रा्ष्टिूय साक्षरता दिवस जिल्लाभर विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
शिक्षा दिवसको अबसरमा पालुङटार नगरपालिकाले एसईईमा उत्कृष्ट हुन सफल विद्यालयलाई पुरस्कृत गरेको छ ।
सामुदायिक विद्यालय तर्फ मिरकोट मावि मिरकोट र संस्थागत विद्यालय तर्फ युनाईटेड बोर्डिङ स्कुल पालुङटारलाई पुरस्कृत गरिएको शिक्षा शाखाका प्रमुख बाबुराम काराखेतीले जानकारी दिए । दुबै विद्यालयलाई नगद एक÷एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको उनले बताए ।
नगर शिक्षा समितिको निर्णय अनुसार तीनदिन विभिन्न कार्यक्रमका साथ शिक्षा दिवस मनाएको उनको भनाई छ ।
अन्तराष्टिूय साक्षरता दिवसको अबसरमा रोटरी क्लब अफ गोरखा र रोटरी क्लब अफ बज्र मनास्लुको अगुवाईमा बजार क्षेत्रमा प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ । प्रभातफेरि सकिएपछि पुरानो बसपार्कमा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाकी उप मेयर विनाकुमारी श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
शिक्षा दिवसकै अबसरमा गोरखा नगरपालिकाले नगर स्तरीय पाठ्यक्रममा आधारित सिकाई सामाग्री सम्बन्धि प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा सेन्ट मेरीज विद्यालयका प्रसन्न मल्लको समुह पहिलो, तारा मावि छेपेटारका सचिन श्रेष्ठको समुह दोस्रो र मोर्डन इङलिस बोर्डिङ स्कुलकी दिपाको समुह तेस्रो भएका छन् । यस्तै, सेन्ट जोसेफ विद्यालयका विपना गुरुङ र जेनियस ईङलिस बोर्डिङ स्कुलकीे रश्मी थापा मगर सान्त्वना भएका छन् । प्रतियोगिताका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यार्थीलाई क्रमशः नगद १० हजार, आठ हजार, छ हजार र तीन÷तीन हजार रुपैयाँ पुरस्कार दिईएको नगरपालिकाका शिक्षा शाखाका धुब्रराज अर्यालले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई गोरखा नगरपालिकाकी उप मेयर विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, शिक्षा शाखा प्रमुख भरतकाजी अर्याल, निर्णायक समिति संयोजक भद्र त्रिपाठी, मोर्डन ईङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक सिताराम तिवारी लगायतले पुरस्कार वितरण गरेका थिए । मोर्डन ईङलिस बोर्डिङ स्कुलमा भएको कार्यक्रममा नगरपालिका भित्रका २२ विद्यालयका विद्यार्थीले बनाएका विभिन्न शैक्षिक सामाग्री प्रदर्शन गरिएको थियो ।
दिवसकै अबसरमा गोरखा नगरपालिका २ को बाघभैरब प्राविमा पनि शुभकामन आदानप्रदान लगायतका कार्यक्रम भएको स्थानीय सगिर मियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्