
सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय स्थापना गरिने
सरकारले सब स्थानीय तहमा सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।
विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको बताए । उनले त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।




