
राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा रामप्रसाद
नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा रामप्रसाद अर्याल चयन भएका छन् ।
बिहिबार गोरखा सदरमुकाममा भएको संगठनको १२ औं समितिको पहिलो जिल्ला परिषदले संगठनको अध्यक्षमा अर्याललाई चयन गरेको हो । संस्थाका अध्यक्ष बाबुराम ढकाल सरुवा भएर जिल्ला बाहिर गएपछि कार्यबाहक अध्यक्ष समेत रहेका उपाध्यक्ष अर्याललाई अध्यक्षमा चयन गरिएको संगठनका सचिव सुदिप कट्टेलले जानकारी दिए । संगठनको उपाध्यक्षमा कार्यसमिति सदस्य मेघनाथ लामिछाने चयन भएका छन् । परिषदले आगामी कार्यक्रम पनि पारित गरेको छ ।




