
विद्यालयमा विद्यार्थीमैत्री शिक्षक नीति लागु गरौं
प्र।चीन गुरुकुलका शिक्षकले पढाउने तरिकाको आहान सुन्दा पनि अचम्म लाग्छ । २०, ३० बर्ष पहिलेका शिक्षकले पढाउने तरिका सुन्दा पनि अचम्म लाग्छ । यातना दिएर पढाउने, रटाउने, घोकाउने इत्यादि ।
हिजोआजका कतिपय नीजि विद्यालयका शिक्षक, शिक्षिकाले पढाउने तरिका पनि परापूर्व कालका शिक्षक, शिक्षिकाले पढाउने विधिले पढाउँछन् भन्दा आश्चर्य नमाने हुन्छ ।
किनभने सोमबार मात्र गोरखाको नामी सेण्ट जोसेफ विद्यालयमा त्यस्तै घटना भयो, एक मिसले किताब नल्याएको निहुँमा १० बर्षे बालकलाई फलामे रुलरले निर्मत ढंगल कुटिन् ।
गोरखा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको जानकारी छ ।
अहिलेका विद्यालयमा वाललालिकाको मनोविज्ञानको अध्ययन गरी, हाँसीहाँसी, रमाइरमाई पढाउने विधिको विकास भएको छ । बिभिन्न शोध, खोज, अनुसन्धान, प्रयोगले विद्यार्थीलाई जबर्जस्ती, डर, धाक, धम्की देखाएर पढाउन निषेध गरिएको छ । त्यसरी पढाए कारबाही गर्ने राज्यको नीति छ । तर सेण्टजोसेफ विद्यालयमा सोमबार जे घटना भयो, दुखद भयो ।
त्यस्ता शिक्षकलाई कारबाही गरेमा त्यो विद्यालयको मात्र नभै बिभिन्न विद्यालयका बाँकी शिक्षकहरु तह लाग्नेछन् भन्ने विश्वास छ । त्यसैले कुटाइ खाने बच्चाको न्यायका लागि, आगामि दिनमा त्यस्ता घटना नदोरियून भन्नका लागि विद्यार्थी कुट्ने शिक्षिकालाई कारबाही गर्नुपर्छ ।




