
गोरखा नगरस्तरीय कक्षा ५ र ८ को भोलीको परिक्षा स्थगित
गोरखा नगरपालिकामा बिहिबार हुने कक्षा ५ र ८ को परिक्षा स्थगित भएको छ । नगरपालिकाले बुधबार सार्वजनिक सुचना जारी गर्दै बिहिबार तय गरीएको अंग्रेजी विषयको परिक्षा स्थगित गरिएको जनाएको छ । दुबै कक्षाको अंग्रेजी विषयको परिक्षा चैत २ गते शनिबार सञ्चालन गरिने गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालले जानकारी दिए । कक्षा ८ र ५ को बुधबारबाट नगरस्तरीय बार्षिक परिक्षा शुरु भएको हो । नगरपालिकाका ३१ विद्यालयका विद्यार्थी परिक्षामा सहभागी छन् ।




