| सोमवार, कार्तिक २३, २०८३

हिमालय माविमा विभीन्न कार्यक्रम

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ को हिमालय माबिले दाता सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । अभिभावक भेलाको आयोजना गरि विद्यालयले कार्यक्रम गरेको हो ।
बिद्यालयको जग्गा खरिदको लागि आर्थिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको हो । ५ रोपनि जग्गा खरिदको लागि विभिन्न ब्यक्तिबाट सत्र लाख रुपैँया सहयोग प्राप्त भएको सहायक प्रधानाध्यापक रमेश कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सीभील स्कलरसीपबाट सिद्धाथ र हिमालय माबिका १० ÷१० जना विद्यार्थीलाई छात्रवृत्ति दिईएको छ । संस्थाले उनिहरुलाई १२ कक्षासम्म छात्रवृत्ति १२ दिने जनाएको प्रधानाध्यापक ठाकुर प्रसाद पनेरुले बताए ।
बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, वडा नं ४ का अध्यक्ष भिमबहादुर गुरुङ, सीभील स्कलरसीप मिस युनिभर्स २०१८ मनीता देवकोटा, सीटी कलेजका प्राध्यापक राजिब तिमल्सीना, भक्त बहादुर गुरुङ, कृष्ण ताबाज, विद्यार्थी सुसान्त ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको मिलन ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्