| सोमवार, कार्तिक २३, २०८३

शक्ति माविको ६६ औं बार्षिकोत्सव सम्पन्न

गोरखा नगरपालिका ६ पाटेचौरको शक्ति माध्यामिक विद्यालयको ६६ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ । सांस्कृतिक तथा खेलकुद कार्यक्रम, पुरस्कार वितरण, सम्मान लगायतका विभिन्न कार्यक्रम सहित बार्षिकोत्सव मनाईएको हो । विद्यालय परिसरमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयमा लगातार १५ बर्षसम्म पढाउने शिक्षकहरु राजेन्द्रप्रसाद अधिकारी, केदारप्रसाद पोखरेल, कल्पना पोख्रेल, गायत्री श्रेष्ठ, विद्यालयका सहयोगी कर्मचारी मुक्तबहादुर रानालाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ । कार्यक्रममा पुर्व प्रधानाध्यापक रामचन्द्र आचार्यको सक्रियतामा बेलायती नागरीक विकु र सि पिर्यसनले कक्षा ११ का चार विद्यार्थीलाई जनही १२ हजार रुपैयाँ छात्रवृत्ति दिएका छन् । छात्रवृत्ति पाउनेमा प्रशान्त श्रेष्ठ, अश्विन अधिकारी, आसबहादुर सुनार र सपना राना रहेका छन् । कार्यक्रममा विभिन्न दाताहरुले स्थापना गरेको अक्षयकोष बाट छात्रवृत्ति उपलब्ध गराईएको थियो । सोही अबसरमा बार्षिक परिक्षामा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामबाबु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उप मेयर बिनाकुमारी श्रेष्ठ, पुर्व प्रधानाध्यापक रामप्रसाद अधिकारी, पुर्व शिक्षक गोबर्धन आचार्य, पुर्व विद्यार्थी डाक्टर राजुबाबु श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्