| सोमवार, कार्तिक २३, २०८३

सहिद लखनका शिक्षकलाई तालिम

दरौंदी ः गोरखाको शहिद लखन गाउँपालिकामा शिक्षण सिकाईमा प्रविधिको प्रयोग सम्बन्धि तिनदिने अभिमुखीकरण कार्यक्रम भएको छ । शिक्षा शाखाको अयाोजनामा भएको कार्यक्रममा गाउँपालिका भित्रका २० विद्यालयका कम्प्युटर शिक्षकको सहभागिता रहेको थियो । तालिममा सहभागी शिक्षकहरु लाई विद्यालयका जानकारी अनलाईनमा राख्ने, नतिजा प्रकाशन, मार्क सिट तथा मार्क लेजर ब्यबस्थित गर्ने , मोवाईल, ल्यापटप तथा कम्प्युटर मार्फत अध्यापनलाई ब्यबस्थित गर्ने तथा अनलाईनमा शिक्षासँग सम्बन्धित विषयबस्तु खोजी गर्ने तरीकाका बारेमा सिकाईएको छ । तालिममा पाठ्यक्रम विकास केन्द्र भक्तपुरका अधिकृत खिलनारायण श्रेष्ठ, तेमाल गाउँपालिका काभ्रेका स्रोतब्यक्ति चन्द्र मैनाली र गाउँपालिकाका सुचना तथा प्रविधि अधिकृत प्रदिप श्रेष्ठले सहजिकरण गर्नुभएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिपेन्द्र परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्