| सोमवार, कार्तिक २३, २०८३

भूपू सैनिक आवासीय विद्यालयको साधारण सभा सम्पन्न

दरौंदी : गोरखा नगरपालिका ८ को नेपाल राष्ट्रिय भूपू सैनिक आवासीय विद्यालयको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विद्यालय व्यबस्थापन समितिकी अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा भएको भेलामा
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता, नगर शिक्षा शाखा प्रमुख भरतकाजी अर्याल र प्याब्सन अध्यक्ष सिताराम तिवारीको विशेष आतिथ्यता रहेको थियो । साधारण सभामा वडा नं. ८ का अध्यक्ष कृष्णबहादुर खत्री, द्रव्यशाह बहुमुखी क्याम्पसका अध्यक्ष धिरजबहादुर मास्के, संस्थापक अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका प्रिन्सिपल विष्णु पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्