| सोमवार, कार्तिक २३, २०८३


बारपाक सुलिकोट, सिरानचोक र भीमसेन थापा गाउ“पालिकामा शिक्षक महासंघ गठन
दरौंदी ः नेपाल शिक्षक महासंंघ गोरखाले मंगलबार तीन स्थानीय तहमा संगठन बिस्तार गरेको छ । पूर्व निर्धारित कार्यसूची अनुसार मंगलबार बारपाक सुलिकोट, सिरानचोक र भीमसेन थापा गाउँपालिकाका केन्द्रमा आयोजित शिक्षकको छुट्टाछुट्टै भेलाले गाउँ स्तरीय समिति गठन गरेको हो ।
जसअनुसार सिरानचोक गाउँ पालिकामा गंगाबहादुर कुमाल अध्यक्ष, विष्णु ढकाल सह अध्यक्ष, नारायणी ढकाल र हरीनारायण श्रेष्ठ उपाध्यक्ष र , केदारसिंह बस्नेत सचिव रहने गरी १७ सदस्यीय समिति चयन भएको छ । यस्तै, भीमसेन थापा गाउँपालिका मा भूमि गोतामे अध्यक्ष रहनेगरी १८ सदस्यीय समिति गठन गरिएको छ । जसको सह अध्यक्षमा राजेन्द्र सिंखडा, उपाध्यक्ष गीता ढकाल, सचिव कमलप्रसाद भट्ट रहेकोे महा संघका जिल्ला सचिव श्याम लामिछानेले जानकारी दिए । बारपाक सुलिकोट गाउँपालिकामा भएको शिक्षकहरुको भेलाले रमेश सुवेदीको अध्यक्षतामा १३ सदस्यिय गाउँस्तरीय समिति गठन गरेको छ । जसको सह अध्यक्ष बेदप्रसाद अम्गाई र सचिव भीमकुमार श्रेष्ठ चयन भएका छन् । भोलि मंसिर १२ गते शहिद लखन र गण्डकी गाउँपालिकामा संगठन विस्तार गरिने नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष धुब्रकुमार भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्