
मनास्लु आरोहण गरेर फर्केका आरोही हराए
दरौंदी ः किलर माउण्टेन भनेर चिनिएको गोरखाको मनास्लु हिमाल आरोहण गरी फर्किने क्रममा एक विदेशी नागरिक पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् ।
चेक रिपब्लिकका ३९२७८८०० नंबरको राहदान बाहक ४३ बर्षका रोमन ह्लाब्को गत शनिबारदेखि मनास्लु हिमालमै हराइरहेको प्रहरीले जनाएको छ । चार जना साथीसहित फर्किरहेका उनी बेसक्याम्पमा नआइपुगेपछि गाइड भीमलाल तामाङले बुधबार प्रहरी चौकी सामागाउँमा खोजीका लागि निवेदन गरेको प्रहरीले जनाएको छ ।
उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी माउन्ट ट्रेक्सन नेपाल नामक कम्पनीबाट मनास्लु आरोहणमा गएका थिए ।




