संविधान र बाल अधिकार बारे गोष्ठी
दरौंदी ः जौवारीमा नेपालको संविधान र बाल अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । परोपकार आदर्श मावि र मानव अधिकार सञ्जालको आयोजनामा भएको कार्यक्रममा कक्षा ११ र १२ का बिद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी थिए । कार्यक्रममा सञ्जालका अध्यक्ष यदु अधिकारीले नेपालको संविधान र बाल अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै सहजिकरण गरे । विद्यालयका प्रधानाध्यापक हरी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय तिमील्सीना, महेश धिताल, श्यामप्रसाद सिलवाल, क्याम्पस प्रमुख वेदप्रसाद दवाडीले मन्तब्य राखेका थिए ।




