काम नगर्ने ठेकेदारलाई किन ठेक्काको ओइरो ?
यो बर्ष पप्पुको पुलले निकै चर्चा पायो । देशभरि गरेर झण्डै पाँच किलोमिटर पुलको ठेक्का उनले लिएका छन् तर जहाँतहींको काम अलपत्र छ । काम सम्पन्न नगर्ने पप्पुलाई अहिले नेपाल राष्ट्र वैंकको केन्द्रीय कार्यालय भवन बनाउने ठेक्का परेको छ ।
गोरखामा पनि धेरै विद्यालय भवन बनाउन एउटै ठेकेदारलाई जिम्मा दिइएको छ । श्यामसुन्दर निर्माण कम्पनीलाई बिभिन्न २० वटा विद्यालय भवन निर्माणको जिम्मा दिइएको छ । त्यस्तै एमबी गौरी पार्वती जेभी कम्पनीलाई आठ वटा भवनको ठेक्का दिइएको छ । डाँफे आशिष जेभीलाई ६ वटा, रविना श्यामसुन्दरलाई पाँचवटा आदि भवन निर्माणको ठेक्का दिइएको छ ।
१५ देखि १८ कोठे भवन २० वटा बनाउने ठेक्का लिने काम चानेचुने होइन । यति धेरै कामको जिम्मा लिएका ठेकेदारले सन्तोषजनक प्रगति गर्न सकेका छैनन् । ‘क’ बर्गको ठेकेदार भएकाले काम पु¥याउन यसो गरिएको बिभागको भनाइ छ तर प्रक्रिया पु¥याएर मात्र भएन, निर्धारित समयावधी गुज्रिदासम्म निर्धारित काम गर्न नसक्ने ठेकेदारलाई काम थुपारिरहनु व्यबहारिक भएन ।
यसका उदाहरण साना काममा पनि देख्न सकिन्छ । चार–पाँच वटा नीजि घर बनाउने जिम्मा लिएको ठेकेदारले पनि जताततै काम अलपत्र पारेर छोडेको उदाहरण छन् । ठूला ठेकेदारहरुको अबस्था पनि यो भन्दा फरक देखिएको छैन । त्यसैले घाँटी हेरेर मात्र हाड निल्ने काम गनुृपर्छ । सक्ने जति काम मात्र दिइयो भने उसले काम गर्न सक्छ । अन्यथा जिम्मा लिने, अलपत्र पारेर छाड्ने अहिलेको अविगत हुनेछ ।




