| सोमवार, कार्तिक २३, २०८३

परोपकार माविको भवन सिलान्यास

दरौंदी ः जौवारीको परोपकार आदर्श माविको नयाँ भवन सिलान्यास भएको छ । जाइकाको आर्थिक सहयोगमा निर्माण हुने भवनको नेकपाका नेता नारायण काजी श्रेष्ठले शिलान्यास गरे । एउटा ९ कोठे र अर्को ४ कोठे भवन निर्माणमा साढे ३ करोड रुपैया खर्च लाग्ने प्रअ हरि ढकालको भनाई छ । १५ महिनाभित्र भवन निर्माण सक्ने लक्ष्य रहेको जाइकाले जनाएको छ । अहिले ब्रिटिश वेलफेयरले बनाइदिएको ८ कोठे पक्की र गोरखा फाउण्डेशनले बनाइदिएको अर्धपक्की भवनमा पढाई भइरहेको प्रअ ढकालले जानकारी दिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भवन सिलान्यास कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्