| आइतवार, कार्तिक २२, २०८३

लायन्स क्लव आँबुखैरेनी सिटीद्धारा छात्रावृत्ति बितरण

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले छात्रावृत्ति बितरण गरेको छ । आँबुखैरेनी क्याम्पसमा बिएड् चौँथो वर्षमा अध्ययनरत दिपा बिकलाई नगद १० हजार १० रुपैयाँ प्रदान गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनालले बताए ।
छात्रवृत्तिका लागि उक्त रकम लायन्स क्लव अफ पोखरा मुनालका द्वितीय उपाध्यक्ष रामेश्वर बरालले उपलब्ध गराएका हुन् । जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थी छनौट गरेर छात्रवृत्ति दिइएको क्लवले जनाएको छ । आईतवार आयोजित छात्रावृत्ति बितरण कार्यक्रममा क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष बंशीराम प्रधान, क्याम्पस प्रमुख ऋषि केसी, क्लवका चार्टर प्रेसिडेन्ट रत्नकुमार श्रेष्ठ, लायन्स क्लव अफ गोरखा सिटीका अध्यक्ष शिब खनाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्