
प्राकृतिक मनोरम ‘काल ताल’

गोरखा जिल्लाका प्राचीन प्राकृतिक पुरातात्विक सम्पदाहरु असंख्य भए पनि ती विकट क्षेत्रका दूरदराजमा भएका हुनाले मानव समुदायले देख्न र अनुभूति गर्न सकेका छैन । कतिपय सम्पदालाई टाढैवाट अवलोकन गरेर मानसिक रुपमा सन्तष्टि लिन्छन् । हिमाली दृश्यलाई त धेरै ठाँउवाट अवलोकन गरेर आनन्द लिनु पर्छ हिमाली क्षेत्रका कोट पोखरी ताल गुम्वा छोर्तेनका अवलोकन गर्न र ती प्राकृतिक वस्तुहरुका पहिचाहन कमै मात्रले गर्न पाएका छन् ।
यस जिल्लामा प्राकृतिक मनोरम तालहरुले उच्च स्थान ओगटेका छन् । सौरपानीको घुन्चुक ताल, निम्चे, नागे पोखारी, दूधपोखरी, नारदपोखरी , रुप्चे ताल , पोकरचेत ताल , च्छोकर च्छोनक, चुबुताल(छेकम्पार ५२सय मिटर) लार्केताल पुङ्गेनताल र कालताल उत्कृष्ट रुपमा पर्दछ । कालताल साविक प्रोक गाविसमा पर्दछ । नामरुङवाट चार घण्टा हिडेर पुगिन्छ भनेर स्थानीय तेन्जिङ लामा बताउछन् । स्थानीय भाषामा नामरुङ भनेको त्रिवेणी अर्थ हुदो रहेछ । तीनवटा नदी तीन डाँडा तीन चोसे आकास तीन तीरका मानिसहरु) स्थानीय तिब्बतीयन र धादिङ्गवाट परापूर्व कालमा आएर वसेको भन्ने अर्थ हुँदोरहेछ । त्यहाँ प्राचीन दोर्जे ठकुरीले प्रयोग गरेका सम्पदाहरुको संकलन गरी संग्रहालय वनाइको छ ।
काल भनेको पुरानो ताल भनेको अर्थ हुदोरहेछ । यस तालले २२.३ क्षेत्रफल र २.६७ कि.मि ओगटेको छ । यस तालको उचाई ३७.७ रहेको छ ।मनासलु हिमालको छाया यस तालमा राम्रो सँग पर्दछ । यो पवित्र हिमताल हो । चुमनुव्री गाउँपालिकाको चार दिशालाई पूर्व मनासलु हिमाल र पश्चिम ओमोक्षो म्यान ग्याल्वो उत्तर हिमाल आँगन दक्षिण केपी जोङला कर्वो वीचको आँगन नै काल ताल हो । यस तालमा वर्षायाममा स्थानीय वासिन्दाले गोठ राख्छन् । चराले तालको पातलाई छेउमा फालिदिन्छ । यस तालले स्वदेशी र बिदेशी पर्यटकलाई लोभ्यएको छ । बर्षेनि अवलोकन गर्न जान्छन् । यस तालको छेउमा पुरानो गुम्वा थियो । बुद्ध धर्मावलम्वी आस्तिकहरुले त्यहाँ पूजापाठ र ध्यान गर्दथे । स्थानीय ज्याम्याङ दोर्जेलामाको भनाइ अनुसार तपस्या गर सुनको औंठी दिन्छु भने पछि स्याङयले तमसुक गरिन रे त्यारत्याङले निर्देशन दिएछन् ।
कक्र्यू , इमे ग्याल्चेन पङपो डजे लामा धुर्मे ग्याल्चेन र निमा ग्याल्चेनले ध्यान गरी गुम्वालाई पवित्र वनाए २०७२ सालको भूकम्पले पवित्र गुम्वालाई क्षेति वनायो । हिमाली क्षेत्रका १३० भन्दा वढी गुम्वा क्षति भएको गुम्वा व्यवस्था समितिले उल्लेख गरेको छ । हाल त्यहाँ गुम्वा व्यवस्थापन आर्थिक सहयोगमा स्थानीयले गुम्वा निर्माण गरेका छन् ।
त्यस पोखरीमा परापूर्व कालमा चौरी गोठालो पानी लिन गएछ । उसले त पोखरीमा नून पो देखेछ । पोखरीको पानी रुपी नूनलाई त्यसले टोपीमा ल्याएको थियो भने स्थानीय बासिन्दा वताउँछन् । त्यस तालमा औंसी र पूणर्िमामा वाजा वजाएको सुन्निछ भन्दछन् । ताल फोहर भएमा पानी पर्दैन भन्ने भनाइ छ । पोखरीलाई सफा गरेर पूजा गर्छन् । पवित्र तोरमा वनाइ नाचगान गरि वैशाखमा पूजा गर्ने चलान छ । पोखरी घुम्नलाई डेड घण्टा भन्दा वढी लाग्छ । गोलो आकारको पोखरीको छेउमा चार किसिमको लालिगुँरास फुलेको देखिन्छ । पोखरीको वरिपरि घोरल नाचेको देखिन्छ । वर्षायाममा गोठालाहरुले पोखरीलाइ पूजा गरी घुम्ने पनि गर्दछन् । १८ सय खोलालाइ भोट खोला पनि भनिन्छ । राणा कालमा लापु माथिलाई १८ सय खोला भनिएको थियो विशेषत अठार सय खोला भनेर हालको चुमनुब्री गाउँपालिकालाई नै बुझिन्थ्यो ।
लार्के गोरखाको सदरमुकाम बिही कायम गरिएको थियो । १८ सय धुरी कर उठने भएकोले १८ खोला भन्ने चलन चलेको हो । यस क्षेत्रमा कालताल जस्ता प्राकृतिक ऐतिहासिक हिमतालहरु प्रसस्त छन् । यस्ता तालहरुलाई स्थानीय प्रदेश संघको सरकारले महन्व दिएर प्रचार प्रसार गर्नु पर्छ । यस्ता अमूल्य प्राकृतिक सम्पदाको सदुपयोग गरी स्थानीय जनताको जीवन स्तर उकास्ने काममा आर्थिक लगानी प्रयोग गर्नु पर्दछ । । (लेखकः गोरखा क्याम्पसका उपप्राध्यापक हुन् ।)




