
नयाँ पोष्टिङ भएका स्थायी शिक्षकलाई शिक्षक महासंघद्वारा स्वागत
हालै स्थायी नियुक्ति लिएर बिभिन् विद्यालयहरुमा नयाँ पोष्टिङ भएका ५५ जना शिक्षकहरुलाई नेपाल शिक्षक महासंघ, शहीद लखन गाउँपालिकाले स्वागत गरेको छ ।
घैरुङस्थित गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई स्वागत गरिएको हो ।
शिक्षक महासंघका गाउँपालिका अध्यक्ष इश्वर कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । त्यस्तै गाउँपालिका शिक्षा समितिका खुनप्रसाद रेग्मी, रमेशकुमार श्रेष्ठ, नेपाल शिक्षक महासंघका गाउँपालिका सचिव सिताराम ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका गाउँपालिका अध्यक्ष हेमबहादुर थापा, नेपाल शिक्षक संघका गाउँपालिका संयोजक कृष्ण पन्त लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




