| सोमवार, कार्तिक २३, २०८३

लखन थापा प्राविका विद्यार्थीलाई छात्रवृत्ति

शहिद लखन गाउँपालीका वडा नं ७ को लखन थापा प्राथमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । युके मगर संघका सल्लाहकार कृष्ण कुमार आलेले विद्यालयको कक्षा १ देखि ५ सम्म प्रथम भएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप जनही पाचँ हजार रुपैयाँ छात्रवृत्ति दिएका हुन् । युके मगर संघले विद्यालयका लागि ३ रोपनी ८ आना जग्गा खरिद गरी हस्तान्तरण गरेको छ ।

शिक्षक लाइसेन्स परीक्षाका लागि गोरखामा पाँच केन्द्र
शिक्षक सेवा आयोगले असोज ९ गते लिने प्राथमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि गोरखामा पाचँ वटा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजे सञ्चालन गर्ने प्राथमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाका लागि गोरखामा ५ वटा केन्द्र तोकेको छ । गोरखा नगरपालिका ६ स्थित पाटेचौरको शक्ति माविमा दुईवटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । इकाईका अनुसार महेन्द्रज्योति मावि दरबारमार्ग, बालमन्दिर मावि र सरस्वति मावि आहालेमा पनि परिक्षा केन्द्र निर्धारण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्