| सोमवार, कार्तिक २३, २०८३

काङ्ग्रेस, जनप्रतिनिधि र शिक्षक संघ बीच अन्तरक्रिया

 

दरौंदी : नेपाली कांग्रेस गोरखाले पार्टीको शुभेच्छुक संस्था नेपाल शिक्षक संघसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । पार्टीको जिल्ला कार्यसमिति, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, शिक्षक संघको जिल्ला समिति, नगर तथा गाउँ समितिका पदाधिकारीहरु, शिक्षक महासंघमा रहेका संघका जिम्मेवार पदाधिकारीहरु बीच अन्तर क्रिया कार्यक्रम आयोजना गरेको उपसभापति शुकदेव दवाडीले जानकारी दिए ।

शिक्षा क्षेत्रलाई सुधार गर्न नेपाल शिक्षक संघ र जननिर्वाचित प्रतिनिधिहरु, गाउँपालिका, नगरपालिका, महासंघ र पार्टी बीचसमन्वय र सहकार्यका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको दवाडीले जानकारी दिए ।

पार्टी सभापति हरिबहादुर घलेको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा सभापति घले, उपसभापति दवाडी, सचिव एवं आरुघाट गाउँपालिका का प्रमुख पूर्ण दाहाल, भीमसेन गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, क्षेत्रीय सभापति गोविन्द गुरुङ, गण्डकी गाउँपालिकाका प्रमुख होमबहादुर राना, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष, सिरानचोक गाउँपालिकाका उपप्रमुख रीता देवकोटा, शिक्षक संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेले बिभिन्न धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्