| सोमवार, भदौ १, २०८३

सेवानिवृत्तपछि नियुक्ति लिनेलाई पेन्सन नदिन सुझाव

दरौंदी ः निजामती सेवाबाट निवृत्त भई अन्य लाभको पदमा नियुक्ति लिनेलाई पेन्सन नदिन सांसदले प्रस्ताव गरेका छन्।
यस्ता निवृत्त कर्मचारीलाई जिन्दगीभर पेन्सन नदिन प्रस्ताव गरिएको छ ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफलको क्रममा सांसदले एउटै व्यक्तिलाई राज्यकोषबाट दोहोरो सुविधान दिन नहुने माग गरे। यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ।
‘कोही मान्छेले नियुक्ति किन लिन्छ ? उसले पेन्सनभन्दा राम्रो अवसर देख्यो भने मात्रै लिने हो’, सांसद राजकिशोर यादवले भने, ‘त्यसकारण दुईमध्ये एक मात्रै लिने व्यवस्था ग¥यो भने राम्रो हुन्छ।’ निजामती कर्मचारी निवृत्त भएर आयोग लगायत कुनै लाभको पदमा नियुक्त भएपछि उसले कहिल्यै पेनसन नपाउने व्यवस्था गर्न सांसदले माग गरे। ‘कर्मचारी सेवा निवृक्त भएपछि कुनै लाभको पदमा गएर फर्किपछि अहिले त पेन्सन पाइन्छ’, सांसद नवराज सिलवालले भने, ‘तर अबचाहिँ फर्केर आएपछि पनि कहिल्यै पेनसन नपाउने व्यवस्था गरौँ।’ तर यो प्रस्तावमा संसद याशोदा सुवेदीले भने असहमति जनाइन्।
यस्तै, सांसदले ग्रिनकार्ड, पीआर पाएको, बहुविवाह तथा जातीय छुवाछुत गरेको प्रमाणित भएको निवृत्त निजामती कर्मचारीलाई पेन्सन नदिन प्रस्ताव गरे।

प्रतिक्रिया दिनुहोस्