
विद्यार्थी कुट्ने शिक्षिकालाई कारबाहीगर्न माग
नेपाल विद्यार्थी संघ गोरखाले विद्यार्थी कुटेर घाइते बनाउने सेन्ट जोसेफ स्कुलकी शिक्षीकालाई निलम्बन गर्न माग गरेको छ । कक्षा ५ मा पढ्ने १० वर्षीय श्रीयन्स श्रेष्ठलाई किताब नल्याएको बहानामा फलामको स्केलले कुटेर घाइते बनाएकी विज्ञान विषयकी शिक्षिका मनिषा मगरलाई निलम्बन गर्न संघले माग गरेको हो ।
बाल बालीकालाई बालमैत्री ढंगबाट पढाउनुको सट्टा कुटपिट गर्दा मनोवैज्ञानिक रुपमा असर पर्नसक्ने भएकाले सचेत हुन संघले स्कुलको ध्यानाकर्षण गराएको छ ।
संघका जिल्ला अध्यक्ष सुवास अधिकारीले एक प्रेस विज्ञप्ती जारी गर्दै सो विद्यालयमा विद्यार्थी भर्ना तथा शुल्क सम्बन्धी विवरण पनि उपलब्ध गराउन माग गरेको छ ।




