| सोमवार, कार्तिक २३, २०८३

गोरखाका ९० प्रतिशत कक्षाकोठाको पुनर्निर्माण

अनुपमा खनाल

भूकम्पले भत्किएका गोरखाका ९० प्रतिशत कक्षाकोठाको पुनर्निर्माण सकिएको छ । कुल कक्षाकोठा निर्माणका आधारमा ९० प्रतिशत पुनर्निमाण सकिएको राष्टिूय पुनर्निमार्णण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इन्जिनियर बाबुराम देवकोटाले बताए । ‘कक्षाकोठाका आधारमा ९० प्रतिशत पुनर्निमाण सकियो’, उनले भने, ‘बनिसकेका विद्यालयका आधारमा ७० प्रतिशत पुनर्निमाण सम्पन्न भयो ।’ भूकम्पले तीन हजार ५२ कक्षाकोठा पूर्णक्षती र एक हजार ८५ कक्षाकोठामा आंशिक क्षति पुगेको थियो । हालसम्म तीनहजार एक सय ५२ कक्षाकोठा बनिसकेको र एक हजार ४ कक्षाकोठा निर्माणाधिन रहेको इन्जिनियर देवकोटाले जानकारी दिए ।

भूकम्प लगत्तै दातृ निकायले बनाएका अस्थायी संरचनाका भवनमा रहेका पाँच सय ३० कक्षाकोठा पक्की बनाउनुपर्ने देखिएको छ । निर्माण सम्पन्न भएका विद्यालयहरु ले पनि कक्षाकोठा अपुग भएको गुनासो गरेका छन् । ती विद्यालयका आवश्यकताका आधारमा झण्डै एक सय कक्षाकोठा बनाउनुपर्ने इन्जिनियर देवकोटाले बताए । थप कक्षा कोठा सहित अस्थायी संरचनालाई विस्थापन गर्दा छ सय ३० नयाँ कक्षाकोठा थप्नुपर्ने देखिएको उनले बताए ।

इकाईका अनुसार भूकम्पले पाँच सय १३ विद्यालय भत्किएका थिए । जसमध्ये विद्यालय मर्ज लगायतका कारण चार सय ३४ विद्यालय पुनर्निर्माण गर्नुपर्नेछ । तीमध्ये दुई सय ९० विद्यालयको पुनर्निर्माण भैसकेको छ । एक सय १९ विद्यालय निर्माणाधिन छन् । भूकम्पले भत्किएको १२ विद्यालय भने निर्माण सुरु भएको छैन ।

भारत सरकारको सहयोगमा बन्ने दश मध्ये अमरज्योती मावि लुईटेल, मन्जुश्री काशीगाउँ, जागेश्वर बोर्लाङ, सुर्योदय मावि घ्याल्चोक, कृष्णज्योती मावि गाँखु, गण्डकी मावि थुमी र प्रभातकिरण मावि लापु निर्माण सुरु नभएको हो । यी विद्यालयको पुनर्निर्माणका लागि सर्भेको काम सकेर थप प्रक्रिया अघि बढेको इन्जिनियर देवकोटाले बताए । यस्तै, चिन सरकारको सहयोगमा बन्ने ताक्लुङको सिञ्जाली मावि पनि निर्माण सुरु भएको छैन । एक महिनाभित्र नै सर्भेका लागि टोली आउने जानकारी प्राप्त भएको उनले बताए । एसियाली विकास बैंकको विपद पछिको विद्यालयको पुनर्निर्माण परियोजना अन्तरगत बन्ने चार विद्यालय पनि निर्माण सुरु भएको छैन । परियोजना अन्तरगत बन्ने संसारी महेन्द्र मावि गाँखु, सीद्धार्थ मावि सौरपानी, सुर्योदय मावि गुम्दा र अलैचे मावि आरुपोखरीको भवन निर्माण अघिका प्रक्रिया चलिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले जनाएको छ ।

विद्यालय पुनर्निर्माण मा नेपाल सरकार सहित विभिन्न गैह्रसरकारी संघसंस्थाले सघाएका जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख विष्णुप्रसाद मिश्रले जानकारी दिए । जापानिज सहयोग नियोग, भारत सरकार, सेभ द चिल्डूेन, लायन्स क्लब, गुड नेयबर्स इन्टरनेशनल, असल छिमेकी पोखरा, हिमानी टूस्ट लगायतका संस्थाको सहयोगमा विद्यालय पुनर्निमाण भैरहेको कार्यालयले जनाएको छ । भूकम्पले भत्किएका सबै विद्यालय पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भैसकेकाले आउँदो बर्षभित्र विद्यालय पुनर्निमाण पुर्ण रुपमा सकिने कार्यालय प्रमुख मिश्रले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्