यी हुन् गर्मी मौसमका प्रमुख सरुवा रोग, सतर्क रहनुहोस्
केही समययता देशभरको तापक्रम बढ्दै गएको छ। तापक्रम वृद्धिसँगै अस्पतालहरूमा भाइरल ज्वरोका बिरामीको संख्या बढिरहेको छ। बर्षा र उच्चतापक्रम सहितको गर्मीले अन्य मौसममा भन्दा गर्मी मौसममा स्वास्थ्य सम्बन्धी संक्रमण धेरै देखिने गर्छन्। जलवायु परिवर्तन, वातावरण प्रदूषणले तराई क्षेत्रमा मात्र नभइ पहाडी भूभागमासमेत पछिल्लो समय गर्मीले समस्या बढाउँदै गएको छ।
योसँगै तराईमा मात्रै देखिने लामखुट्टेसहितका जीवाणु पहाडसम्म उक्लिएका छन्। यस मौसममा उच्च गर्मीका साथै बर्षासमेत हुने भएकाले विभिन्न प्रकारको कीटजन्य र पानीजन्य संक्रमण धेरै हुने गर्छन्। गर्मी र बर्षाका कारण यस मौसमा देखिने मौसमी संक्रमणजन्य सरुवा रोगबाट बर्षे्नि धेरैको मृत्यु हुने गरेको छ। सामान्य कुरामा यस्ता संक्रमणबाट जोगिन सकिन्छ। सामान्य असावधानीले बर्षे्नि धेरै मानिसहरू यस्ता मौसमी संक्रमणबाट प्रभावित हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला बताउँछन्। चिकित्सकहरूका अनुसार गर्मी मौसममा देखिने प्रमुख सरुवारोग यस्ता छन्।
गर्मी मौसममा देखिने सरुवा रोगहरू कीटजन्य रोगहरू
स्वाइन फ्लू ः गर्मी मौसममा मानिसमा विभिन्न प्रकारका मौसमी फ्लूहरू देखिन्छन्। स्वाइन फ्लू पनि एक प्रकारको रोग हो। नेपालमा गर्मी मैसममा धेरै ठाउँमा मौसमी फ्लू देखिने गर्छ। जसमा सबैभन्दा धेरै देखिने फ्लू स्वाइन फ्लू हो। स्वाइन फ्लूका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुने भएकाले रुघाखोकीमा पनि हेलचेक्र्याइँ गर्नु हुँदैन। गर्मी मौसममा देखिने रुघाखोकीका बिरामी जस्तै स्वाइन फ्लू पनि भएकाले यो देखिएमा आत्तिन नहुने चिकित्सकहरू बताउँछन्। तर यो देखिएमा हेलचेक्राइँ पनि गर्नु हुँदैन। सामान्यतया स्वाइन फ्लू भएमा व्यक्तिलाई सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिने हुन्छ। यस्ता लक्षण देखिने वित्तिकै चिकित्सकलाई देखाउनु पर्छ। स्वाइन फ्लूबाट जोगिन मानिसहरूले आफूलाई सफा सुग्घर राख्ने, रुघाखोकीका बिरामी भए उनीहरूबाट टाढा रहनुपर्छ। स्वाइन फ्लू एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीडभाडमा नजाने, बाहिर हिँड्दा माक्सको प्रयोग गर्नु पर्छ। स्क्रव टाइफस स् गर्मी मौसमा देखिने अर्को सरुवा रोग स्क्रब टाइफस पनि एक हो। यस मौसमा घरवरपर धेरै झाडी हुन्छ। त्यस्ता झारपात, झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा जाँदा उक्त किर्नाले टोकेमा यो रोग लाग्ने गर्छ। स्क्रब टाइफस एक संक्रमित किर्नाको टोकाईबाट लाग्ने रोग हो। यो जुम्रो जस्तै सानो हुन्छ। यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ। किर्नाले टोकेपछि मानिसलाई १०४ डिग्रीसम्म ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने, गर्धन र घाँटी वरपर मसिना बिमिरा आउने, धेरै पसिना आउने, ग्रन्थीहरू सुनिँदै जाने लक्षण देखिन्छ। डेङ्गु स् गर्मी मौसममा धेरै संक्रमण हुने अर्को रोग डेङ्गु हो। प्राय तराई भेगका मानिसहरूमा गर्मी मौसममा धेरै डेङ्गुको सक्रमण हुने गर्छ। एडिस प्रजातीको लामखुट्टेको टोकाइबाट डेङ्गुको संक्रमण हुन्छ। डेङ्गु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ। अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भएपनि एडिस प्रजातिको लामखुट्टेले तीन चार दिनदेखि जमेको पानीमा मात्र फूल पार्ने गर्छ। यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। बर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फूल पार्दछ। शहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ। गर्मी मौसममा देखिने सरुवा रोगहरू पानीजन्य रोगहरू टाइफाइट स् यो मौससमा धेरैमा टाइफाइट देखिने गर्छ। सुरुमा भाइरलका रुपमा सामान्य ज्वरो आए पनि लामो समयसम्म उपचार गर्दा भाइरल टाइफाइटको समस्या देखिने गर्छ। साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन्। तर टाइफाइड भएका बिरामीमा बढीमात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन्। दुषित पानी र खाद्य पदार्थ खाँदा लाग्ने यो रोगका जीवाणु प्रायस् गर्मी र बर्खायामको समयमा बढी क्रियाशील हुने गर्छन्। नेपालको सन्दर्भमा यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका बालबालिका प्रभावित हुने गरेको देखिएको छ। यसले मानिसको शरीरमा हनहनी ज्वरो आँउछ। त्यसबाहेक रिंगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्ता पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ। झाडापखला स् यो मौसमा देखिने पानी जन्य अर्को सरुवा रोग झाडापखला हो। बर्षाको समयमा हामीले खाने धेरै जसो पानी दुषित हुने हुदाँ झाडापखला देखिने गर्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखला देखिने गर्छ। यस मौसमा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुदाँ डाफापखला धेरै देखिने गर्छ। हेपटाइस ए, बी स् हामीले खाने कुरा र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात जन्डिस हो। बासी खानेकुरा र दुषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरिरमा पानीको कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाने गर्दा पनि धेरैलाई जन्डिस देखिने गर्छ। सुरुमा ज्योरो आउने शरीर गर्दै जाने जन्डिसको प्रमुख लक्षण हो। आउँ स् हामीले खाने दुषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ देखिने गर्छ। पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने गर्छ। अन्त्यमामा शरीरका महत्वपूर्ण अगंहरूले काम गर्न छोड्छन्। जसले गर्दा यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ। कसरी बच्ने? सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। बर्षातको मौसममा अझ बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुन्छ। हामीले खानेपानीको शुद्धतामा बिशेष ध्यान दिनु आवश्यक हुन्छ। बर्षातमा दुषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दुषित पानी नपिउनु हो। अर्को यस मौसमा बासी खानेकुरा र काँचो खानेकुरा खानु हुँदैन। घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्नुपर्छ। यस्तै यो मौसममा देखिने कीटजन्य रोगहरूबाट बच्न घरबाहिर निस्कँदा बाक्लो कपडा लगाउने। धरै झाडी भएको ठाउँमा नजाने गर्नुपर्छ।
साभार ः थाहाखबर डटकम ।




