
राम्चे प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण
शहिद लखन गाउँपालिका वडा नं ८ को राम्चे प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण गरिएको छ । रोटरी क्लब अफ गोरखाले रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ को आर्थिक सहयोगमा ५ कोठे भवन निर्माण गरेको हो ।
विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा क्लबका डिष्ट्रिक गभर्नर चिन्तामाणी भट्टराईले शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरलाई भवन हस्तान्तरण गरे ।
स्थानिय बासिन्दाको श्रमदान समेत गरि करीब ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । भवन निर्माणका लागि क्लबको तर्फबाट ४२ लाख ३७ हजार रुपैयाँको आर्थिक सहयोग प्राप्त भएको वडा अध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए ।
विद्यालय भवन भुकम्पले भत्केपछि विद्यार्थीहरु टहरामा पढ्न बाध्य थिए । तर अब सुविधासम्पन्न भवनमा पढ्न पाउने भन्दै उनिहरु खुसी भएका छन् ।
रोटरी क्लब अफ गोरखाका अध्यक्ष कृष्ण प्रसाद ढकालको अध्यक्षतामा भएको भवन हस्तान्तरण कार्यक्रममा क्लबका डिष्ट्रिक गभर्नर भट्टराई, गाउँपालिका अध्यक्ष थापा मगर, क्लबका पुर्व अध्यक्ष पवनरमण खनाल, भवन निर्माण समितिका कृष्णबहादुर श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




