
भवानी प्राथमिक विद्यालयमा चारकोठे पक्कि भवन उद्घाटन
गोरखाको भीमसेन थापा गाउँपालिका ८ को भवानी प्राथमिक विद्यालयमा चारकोठे पक्कि भवन निर्माण गरिएको छ ।
नवनिर्मित भवनको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उद्घाटन गर्दै ब्यबस्थापन समितिलाई हस्तान्तरण गरे ।
पुर्वमन्त्री ढकालकै सक्रियतामा युनिभर्सल पिस फेडेरेसन र विश्व शान्ति तथा एकीकृत परिवार संघको आर्थिक सहयोगमा करीब ३३ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
भुकम्पले विद्यालयमा क्षति पुगेपछि विद्यार्थी खुल्ला आकाश तथा टहरामा पढ्न बाध्य थिए । भवन बनेपछि टहरामा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको छ ।
कार्यक्रममा भीमसेन थापा गाउँपालीका ७ का अध्यक्ष नारायण श्रेष्ठ ,८ का अध्यक्ष बासु थापा, नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रबक्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका परिवार दल गोरखाका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिए ।




