| सोमवार, कार्तिक २३, २०८३

जंकफुडको प्रयोग रोक्न वल्ड क्यापिटलको ¥याली

न्यून पौष्टिक तत्व भएका प्याकेटका तयारी खानेकुरा (जंकफुड)को प्रयोग रोक्न गोरखा नगरपालिका ८ को द वल्ड क्यापिटल माविका शिक्षक तथा विद्यार्थीले सचेतनामुलक कार्यक्रम गरेका छन् । विद्यार्थी तथा शिक्षक मिलेर जंकफुड प्रयोग नगर्न सबैको ध्यानाकर्षण गराँउदै सचेतनामुलक ¥याली निकालेका हुन् ।

विश्व स्वास्थ्य दिवसका अबसरमा विद्यालयबाट शुरु भएको ¥याली बसपार्क छिपिटोल हुँदै सतिपिपलमा समापन गरिएको हो । ¥यालीमा सहभागीले खाजाका लागि पैसा दिने चलन बन्द गरौं, बालबालिकाको स्वास्थ्य र पोषण बुझौं, बालबालिकालाई भान्साको काममा आकर्षित गरौं, घरेलु खाना खुवाऔं लगायतका शन्देश समेटिएको प्लेकार्ड बोकेका थिए ।

बजारमा किनेको तयारी खानाले बालबालिकाको शिक्षण सिकाई क्रियाकलापका साथै स्मरण शक्तिलाई ह्रास गर्ने भएकाले विद्यार्थीलाई घरमा बनेको खाना मात्रै खाजाका रुपमा पठाउन सबै अभिभावकको ध्यानाकर्षणका लागि ¥याली निकालेको विद्यालयका प्रधानाध्यापक जनक केसीले बताए ।

जंकफुडको प्रयोगबाट बच्चाको शारीरिक एवं मानसिक बृद्धिमा समस्या आउने भएकाले स्वस्थ्यकर खाना, खाजा खुवाउनका लागि विद्यालयले  चमेनागृहमा जंकफुडको किनबेचलाई बन्द गरिसकेको उनले स्पस्ट पारे । अभिभावक र विद्यालयबिच सहकार्य गरेर  जंकफुड प्रयोगमा  न्युनिकरण  गर्न उनले सम्बन्धित सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्