| सोमवार, कार्तिक २३, २०८३

गुड नेवर्सको स्थापना दिवसमा वालमन्दिरका विद्यार्थीलाई सहयोग

दरौंदी ः२०७२ सालको भूकम्पपछि गोरखाका बिभिन्न ठाउँमा राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्लाभको काम गर्दै आएको गुडनेवर्स इन्टरनेशनलले २८ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा सो संस्थाले सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ तथा अन्य गरीव तथा जेहन्दार विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । विद्यालयका प्रधानाध्यापक लुमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गुडनेवर्स इन्टरनेशनल गोरखाका कार्यक्रम संयोजक द्रोण जीसी, साझेदारी संस्था पद्धति विकास सेवाकेन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतले सो अवसरमा बालबालिकालाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए ।
संयोजक जीसीले आजभन्दा २८ बर्षअघि कोरियामा स्थापित गुडनेवर्स इन्टरनेशनलले गोरखामा गरेका कामहरुको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्