| सोमवार, कार्तिक २३, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसले क्यूएए कार्यक्रम लागु गर्ने

गोरखाको सबैभन्दा जेठो सामुदायिक क्याम्पस द्रव्यशाह बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन(क्यूएए) कार्यक्रम लागु गर्ने भएको छ । विश्वविद्यालय अनुदान आयोगको सुझाव अनुसार क्याम्पसले क्यूएए कार्यक्रम लागु गर्न लागेको हो ।

सो प्रक्रियाका लागि केही समयअघि विश्वविद्यालयले पूर्व सम्भव्यता अध्ययन भ्रमण गरेको छ । अध्ययन भ्रमणको क्रममा विश्वविद्यालयले ३१ बुँदे सुझाव दिएको क्याम्पसका प्रशासन प्रमुख सुजन कुँबरले जानकारी दिए ।

सो सुझाव अनुसार क्याम्पसको शैक्षिक, भौतिक, नैतिक, आर्थिक सहायता जुटाउने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरेको छ । पूर्व विद्यार्थी समाजको शनिबार भेला सम्पन्न भएको छ । भेलाले आउँदा चैतको २३ गते प्रथम साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको कुँबरले जानकारी दिए ।
पूर्व विद्यार्थी समाजका लागि इश्वरकाजी मास्केको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । शनिबारको भेलाले समाजका लागि नियमावली समेत तयार गरेको छ ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धिरजबहादुर मास्के, क्याम्पस प्रमुख रामचन्द्र दवाडी, सहायक क्याम्पस प्रमुख एकदेव अधिकारी, समाजका अध्यक्ष इश्वरकाजी मास्के, सितलकाजी मास्के, पूर्व स्ववियू सभापति शरण श्रेष्ठ, रोहिणीप्रसाद पाण्डे लगायतले बिभिन्न सुझावहरु पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्