| सोमवार, कार्तिक २३, २०८३

विद्यार्थीले स्थापना गरे अक्षयकोष

विद्यालय उमेर पार गरेपछि वा मनग्य पैसा कमाएपछि आफू पढेको विद्यालयमा अक्षयकोष स्थापना गरेका घटनाहरु नौला होइनन् ।
गोरखा नगरपालिका ८ को सरस्वती माध्यामिक विद्यालयमा भने पढिरहेका विद्यार्थीहरुले आफ्ना दिवंगत साथीको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले मंगलबार खाजा खर्च सकंलन गरेर ६० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।
कक्षा १० मा अध्ययनरत पुष्पा आलेको निधन भएको दशौं दिनको पुण्यतिथि को अबसरमा उनीहरु ले पुष्पा आले अक्षयकोष स्थापना गरेका शिक्षक मनोज धितालले जानकारी दिए । अक्षयकोषको ब्याजबाट बार्षिक रुपमा दश कक्षामा अध्ययनरतमध्ये दीर्घरोगी, अनाथ, अपाङ्गगता भएका वा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्