| सोमवार, कार्तिक २३, २०८३

नेपाल शिक्षक संघ गोरखाको जिल्ला प्रतिनिधी सभा सम्पन्न

नेपाल शिक्षक संघ गोरखाको २२ औं जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ । सभामा प्रत्येक पालिकामा विद्यार्थीलाई केन्द्रित गरेर शैक्षिक गतिविधि सञ्चालन गर्ने, शिक्षक विमा र अस्पताल स्थापना गर्न पहल गर्ने तथा शिक्षक कल्याण कोष स्थापना गर्ने, पालिका र शिक्षक संघबिच समन्वय स्थापित गर्ने, अंग्रेजि विषय शिक्षणमा सहयोगका लागि तालिम सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको संघका भाइकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्लाको ११ वटै स्थानिय तहका संघका प्रतिनिधीले हालको अबस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए । संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रिय वरीष्ठ उपाध्यक्ष यम पि भुषाल, जिल्ला समन्वय समितिका प्रबक्ता मानप्रसाद धिताल,नेपाली कांग्रेसका जिल्ला उप सभापती शुकदेव दवाडी, रहमतुल्ला मियाँ,केन्द्रिय सदस्य खिलाराम भट्ट, संघका गण्डकी प्रदेश उपाध्यक्ष नरेसबाबु सापकोटा, नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष शरद श्रेष्ठ, पेशागत बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मन्जु अर्याल, संघका उपाध्यक्ष शिवबहादुर थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्