
धार्चेमा मेलमिलाप तालिम समापन
गोरखाको धार्चे गाउँपालिकाले मेलमिलापकर्ताका लागि सञ्चालन गरेको ८ दिने तालिम समापन गरिएको छ । माछाखोला बजारमा आयोजित तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।
तालिममा जेभराज भट्ट र विद्या खनालले न्याय सम्पादनमा मेलमिलापकताको भुमिका, कर्तब्य र अधिकार, कानुनी ब्यबस्था लगायतका विषयमा सहजिकरण गरेका थिए ।
तालिममा गाउँपालिकाको सातवटै वडाबाट ३÷३ जना मेलमिलापकर्ता सहभागि थिए ।
तालिम पश्चात उनिहरु अब गाउँपालिकाको मेलमिलापकर्तामा सुचिकृत हुनेछन् ।
उनिहरुले गाउँका झै झगडा तथा विवाद मिलाउन सक्ने गाउँपालिकाकी उपाध्यक्ष एवंम् न्यायिक समितिकी संयोजक फुलमाया गुरुङले बताईन् । हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने तयारी भैरहेको उनको भनाई छ ।
गाउँमा प्राय विवाद मिलाउन मुखिया कहाँ जाने चलन रहेकाले अब मेलमिलापकर्ता मार्फत विवाद मिलाउन आब्हान गर्दै अभियान नै चलाउने योजना रहेको उपाध्यक्ष गुरुङले बताईन् ।
तालिम समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला सरकारी वकील धर्मराज पौडेल, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पाण्डे, प्रशिक्षार्थी सुजिता गुरुङ र सोमप्रसाद गुरुङ लगायतले मन्तब्य राखेका थिए ।




