
शहिद लखनमा आगामी शैक्षिक सत्रमा विद्यालय शिक्षाको विषयमा छलफल
शहिद लखन गाउँपालिकाले आगामी शैक्षिक सत्रमा विद्यालय शिक्षा विषयक छलफल कार्यक्रम गरेको छ । बनौति प्राबिमा शनिवार आयोजित कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले शैक्षिक अबस्था, समस्या र आगामी योजनाका बारेमा जानकारी दिएका थिए । उनिहरुले विद्यालयमा रिक्त दरबन्दि पुर्ति गर्न, विद्यालय बस, कम्प्युटर तथा फर्निचरको पर्याप्त ब्यबस्था गर्न गाउँपालिकासँग माग गरेका छन् ।
कार्यक्रममा सुन्तलाबारी प्राथमिक बिद्यालय,जनज्योति प्राथमिक बिद्यालय,बालज्योति प्राबि र बनौति प्राबिका प्रधानाध्यापक, ब्यबस्थापन समितिका पदाधिकारी र अभिभावक सहभागी थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले आगामी शैक्षिक सत्रलाई ब्यबस्थित तथा भावि शैक्षिक योजना बनाउनका लागि गाउँपालिकाले विद्यालयस्तरमा छलफल थालेको जानकारी दिए । शिक्षा समिति सदस्य खुन प्रसाद रेग्मीले शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा पुगेको बताए । कार्यक्रममा शिक्षक महासंघका गाउँपालिका अध्यक्ष ईश्वर कट्टेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र परीयारले बताए ।




